न्यूर्योक, वैशाख २४ । दश वर्षदेखि सम्पर्कविहीन बनेका तीन जना अमेरिकी महिलालाई प्रहरीले एउटै घरमा फेला पारेको छ । अमेरिकाको ओहायो राज्यबाट १४, १६ र ३२ वर्ष उमेर समूहका तीन जना अमेरिकी महिला सन् २००२ को जनवरीदेखि सम्पर्कविहीन बनेका थिए ।
विभिन्न शहरका ती महिलालाई प्रहरीले अमेरिकाकै क्लेभल्याण्ड शहरको एक घरमा फेला पारेको हो । उनीहरुसँगै ६ वर्षको बालक पनि भेटिएको प्रहरीले जनाएको छ ।ती महिलालाई बन्धक बनाएको आरोपमा प्रहरीले तीन जनलाई पक्राउ गरेर अनुसन्धान अघि वढाएको छ । पक्राउ पर्ने तीनै जना दाजुभाइ हुन् । बन्धक बनाइएकी मध्ये एक महिला चिच्चाएपछि छिमेकीहरुले प्रहरीलाई खवर गरेका थिए ।ती महिलाहरुलाई दश वर्षदेखि बन्धक बनाउनुको कारणबारे विस्तृत अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।