BICITRA KHABAR

BICITRA KHABAR

विवाहको दिन बेहुली नै घरवाट भागेपछि

बारा, – विवाहको दिन बेहुली नै घरवाट भागेपछि अहिले बाराको रतनपुरी गाविसस्थित लालगाउँमा बेहुला र उनका पक्षका जन्तिहरु अलपत्र परेका छन् ।बाराको डुमरवानाबाट बस रिजर्भ गरेर बिहान गएका करिब बेहुलासहित ५० जना जन्तीहरू केटी पक्षको घरमा पुग्दा बेहुली भागेर हिँडेपछि समस्यामा परेका हुन्।  बारा जिल्लाको रन्तपुरी गाविस वडा नं ८ मा रहेको बेहुलीको घरमा जन्तीहरू पुग्दा बेहुली अन्यत्र भागिसकेको थाहा भएको थियो।जन्तीहरू घरमा आइपुगेपछि बेहुलीपक्षले नयाँ दुलहीलाई खोज्दा नभेटेपछि खोजबिन समेत भएको थियो। यतिखेर बेहुला पक्ष नयाँ अर्को दुलही लाने कि के गर्ने भन्ने बारेमा अन्योलमा परेको बेहुलाका मामा बावुलाल वाइवाले जानकारी दिए।उता बिवाहमा खर्च भइसकेको र लागेको खर्च बेहोर्नु पर्ने भन्दै बेहुला पक्षले क्षतिपूर्ति माग गरेपछि बिवादसमेत भएको छ। मानवमा गल्ती हुन्छ भन्दै वेहुलीपक्षले वेहुला पक्षलाई एक लाख पचास हजार रूपैयाँ जरिवाना तिर्ने भएका छन् ।  तामझामका साथ बेहुलीको घरमा जन्ती पुग्दा केटीनै नभएको जानकारी प्राप्त हुँदा छिमेकीहरुसमेत आश्चर्यमा परेका छन्।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More