BICITRA KHABAR

BICITRA KHABAR

अब ड्रोन बिमानले घर-घरमै पुर्‍याउने छ शपिङ सामाग्री

अहिलेसम्म पाकिस्तान र यमन जस्ता देशमा चरमपन्थीलाई निशाना बनाउन प्रयोग हुँदै आएको ड्रोन विमानले अब घर-घरमा समान समेत पुर्‍याउने भएको छ । अनलाइन शपिङ वेबसाइट अमेजानले यस कामको सुरु गर्न लागेको हो ।अमेजनका सीईओ जेफ बेजोसका अनुसार अमेजनले ग्राहकको घरसम्म सामान पुर्‍याउने ड्रोनको परीक्षण गर्दैछ । ओक्टोकोप्टर नाम दिइएको यो ड्रोन विमान ग्राहकले अर्डर गरेको ३० मिनटभित्र २.३ किलोग्राम वजनसम्मको समान घरमा पुर्‍याउन सक्छ । यद्यपि यो सेवा सुरु गर्न ५ बर्षसम्म लाग्नसक्छ ।अमेरिकी टीभी कार्यक्रम ६० मिनेट्समा कुरा गर्दै अमेजनका सीईओ जेफ बेजोसले भनेका छन्-हामी आधा घण्टामा समान पुर्‍याउन सक्छौं । हामीलाई विश्वास छ कि ५ पाउन्डसम्मको सामान लैजान सकिन्छ । हामीले बेच्ने ८६ प्रतिशच समानको तौल करिव यत्ति नै हुन्छ ।’ यो सेवालाई प्राइम एयर भनिनेछ । अमेजनको वेबसाइटमा एक भिडियो पनि राखिएको छ, जहाँ एक ड्रोन विमान गोदामबाट ग्राहकको घरसम्म समान पुर्‍याएको देखिन्छ ।’यो सेवालाई अझैसम्म अमेरिकी नियमकले अनुमति दिएको छैन । अमेरिकी सरकारले अहिलेसम्म ड्रोनको नागरिक प्रयोगलाई अनुमति दिएको छैन । अमेरिकी संघीय उड्यनन प्रशासनले ड्रोनलाई पुलिस र अर्को सरकारी एजेन्सीलाई प्रयोग गर्ने अनुमति दिएको छ र पछिल्लो केही वर्षमा करिव १४ सय वटा परिमट दिइएको छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More