BICITRA KHABAR

BICITRA KHABAR

दरबारमै श्रीपेच बेपत्ता, ज्ञानेन्द्रबारे पारसले भने- आफ्नो ब्यक्तित्व आफै गुमाए

काठमाडौं। थाइल्याण्डमा गुप्त जीवन बिताइरहेका पूर्व युवराज पारस शाहले अन्ततः परिवारबाट खर्च पाएका छन्। काठमाडौबाट उनका एक साथी खर्च पुर्‍याउन बैंकक पुगेका छन्। थाई प्रेमिकासँग सम्बन्ध टाढा भएको भन्ने हल्ला सही नभएको र अहिले पनि उनीहरुवीच नियमित भेट हुने गरेको ती साथीबाट थाहा भएको जनआस्था साप्ताहिकले छापेको छ। पत्नी हिमानीले हालै ज्ञानेन्द्रलाई लिएर भारत भ्रमणमा गएको बारे पनि पारसले टिप्पणी गरेका छन्। त्यो भ्रमणलाई अर्थहीन भन्दै उनले भने- ‘हि इज लुजिङ हिज पर्सनालिटी अनसेल्फ’ अर्थात् उनले आफ्नो ब्यक्तित्व आफ्नै कारण गुमाइरहेका छन्। उता, भारत भ्रमणमा रहेका ज्ञानेन्द्र शाहले भने उच्च भारतीय नेताहरुलाई भेट्न नपाउने भएका छन्। एकाएक भारतीय राजनीति गर्माएपछि उनले अन्य शीर्ष नेतासँग भेट्ने अबसर नपाउने भएका हुन्। बुहारी हिमानी शाह एक साता पहिले नै भारत पुगेर भ्रमणको तालिका मिलाउन कोसिस गरेको भएपनि नातेदार एवं काँग्रेस नेता करण सिंह बाहेक अन्यलाई भेटन नपाउने भएका छन्। फाइल तस्विरः पूर्व यूवराज पारस शाह नारायणहिटीमै श्रीपेच बेपत्ता तत्कालिन राजाले प्रयोग गर्ने श्रीपेच राजसंस्था अन्त्यसँगै सार्वजनिक प्रर्दशनी राख्ने सरकारले निर्णय गरेको थियो। तर राजसंस्था अन्त्य भएको ५ बर्ष बितिसक्दा पनि श्रीपेच बेपत्ता छ। पुरातत्व बिभाग र नारायणहिटी दरवार संग्रहालयवीचको बिबादमा परेर अहिलेसम्म श्रीपेच गायव भएको हो। त्यसको सुरक्षा र राख्ने ठाउँको बिबादमा अहिले श्रीपेच गुमनाम बनेको हो। संग्रहालय ब्यबस्थापन समितिका प्रमुख लेखबहादुर कार्कीले नारायणहिटी भित्रै सैलुन कक्षमा लाहाछाप लगाइएको सोकेसभित्र श्रीपेच राखिएको बताउनुभयो। श्रीपेच निकाल्न र त्यसलाई ठाउँसारी गर्न सेनाको अनुमति अनिवार्य छ। तर सेनाले श्रीपेच सार्वजनिक प्रर्दशनीमा राख्दा हराउनसक्ने भन्दै त्यसलाई अस्वीकार गर्‍यो। त्यसपछि संस्कृति मन्त्रालयले गोली छेक्ने क्षमता भएका दुई सोकेस निर्माण गर्‍यो प्रर्दशनीका लागि। तर, श्रीपेच पुरातात्विक बस्तु भएको भन्दै पुरातत्व बिभागले पनि त्यसमा दावी गरेपछि अहिले श्रीपेच सार्वजनिक प्रर्दशनीमा राख्ने योजना अलपत्र परेको छ। स्रोत : हाम्रा कुरा

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More