BICITRA KHABAR

BICITRA KHABAR

एउटा वेस्ट फ्रेण्ड थियो । सुख दुःखमा साथ दिएँ । तर, उसले धोका दियो : पुजा शर्मा

पूजा शर्मा नवनायिका हुन् । उनी अभिनित चलचित्र मधुमास यही कार्तिक ८ गतेबाट देशैभर रिलिज भएको छ।मधुमासबाट पुजाको चर्चा चुलिएको छ । शुदर्शन थापाको ड्रिम प्रोजेक्ट सो चलचित्रले सफलता पाईरहेको खबर आईरहेको छ। पुजाले सो चलचित्रमा नायक आर्यन सिग्देलको जोडीको रुपमा अभिनय गरेकी छिन्।
पढौँ उनै नायिकासँगको अन्तरंग कुराकानीः
तपाईंको विचारमा पूर्ण खुसी भनेको के हो ?
आत्मसन्तुष्टि ।
तपाईंलाई के कुरासँग बढी डर लाग्छ ?
मुसासित ।
कुन ऐतिहासिक व्यक्तिजस्तो हुन पाए जस्तो लाग्छ ?
हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ ।
आफूसँग भएको कुन दोषलाई बढी घृणा गर्नुहुन्छ ?
कसैलाई छिटो विश्वास गरिहाल्ने ।
अरुसँग भएको कुन दोषलाई बढी घृणा गर्नुहुन्छ ?
स्वार्थीपना ।
फजुल खर्च केमा गर्नुहुन्छ ?
लुगामा ।
तपार्इंलाई मन परेको भ्रमण ?
लुम्बिनी र पाल्पा ।
कुन बेला झुटो बोल्नुहुन्छ ?
घर ढिलो आइन्छ । ममीले गाली गर्दा झुटो बोलिन्छ ।
तपाईंको अनुहारमा मन नपर्ने ?
सबै मन पर्छ ।
सबभन्दा घृणा लाग्ने जीवित व्यक्ति ?
जसले मेरो कुरा काट्छ ।
तपाईंले सबभन्दा बढी प्रयोग गर्ने शब्द वा वाक्य ?
मासुको झोल ।
तपाईंले सबभन्दा माया गर्ने मान्छे ?
आमा ।
तपाईं कहिले र कहाँ सबैभन्दा बढी खुसी हुनुभयो ?
मधुमासको अफर आएपछि । आज पनि म एकदम खुसी छु किनकि केही समयदेखि जग्गामा डुबेको पैसा आज उठेको छ ।
यदि आफूसँग भएको एउटा पक्ष परिवर्तन गर्न पाउने भए के गर्नुहुन्थ्यो ?
मेरो ओठ एन्जेलिना जोलीको जस्तै बनाउँथे ।
केमा पछुतो मान्नुहुन्छ ?
एउटा वेस्ट फ्रेण्ड थियो । सुख दुःखमा साथ दिएँ । तर, उसले धोका दिएपछि उसलाई साथ दिएकोमा पछुतो छ ।
अहिलेसम्म तपार्इंको सबैभन्दा महत्वपूर्ण उपलब्धि ?
भर्खरै त स्टार्ट गर्दै छु ।
पुनःजन्म पाउनु भयो भने ?
पुजा शर्मा नै बन्न चाहन्छु ।
तपार्इंको सबैभन्दा पीडादायक क्षण ?
आमासँग छुट्टिनुपर्दा ।
तपाईसँग भएको सबभन्दा मूल्यवान चीज ?
आमा ।
कहाँ बस्न बढी मन पराउनुहुन्छ ?
दार्जिलिङ ।
आफ्नो सबभन्दा मनपर्ने गुण ?
जस्तो छ, त्यस्तै प्रस्तुत गर्छु । बनावटी छैन, म ।
साथीहरुमा हुनुपर्ने सबभन्दा महत्वपूर्ण गुण के हो भन्ने लाग्छ ?
विश्वास ।
कुनै उपन्यासको मनपर्ने नायक-नायिकाको नाम ?
मुनामदनको भोटे ।
तपाईको मनपर्ने वर्तमान समयका प्रख्यात व्यक्तित्व ?
नेपालबाहिरबाट भन्नुपर्दा मदर टेरेसा । देशभित्र डा. बाबुराम भट्टराई ।
मृत्यु कस्तो होस् जस्तो लाग्छ ?
प्राकृतिक ।
मनपर्ने भनाइ ?
हम एक बार मरते हे, एक वार जिते हे, सादी भी एक बार करते हे, प्यार भी एक बार करते हे ।
source : thuloparda.com

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More