दिल्लीको उच्च अदालतले बलिउडका चर्चित हास्यकलाकार राजपाल यादवलाई १० दिनको हिरासतमा राख्न आदेश दिएको छ । राजपाल यादवलाई एक व्यापारीले आफ्नो ८ करोड रूपैयाँ नतिरेको भन्दै मुद्दा दर्ता गरेपछी अदालतले अनुसन्धानका लागी १० दिन थुनामा राख्न आदेश दिएको छ ।
राजपाल यादवले चलचित्र 'अता पता लापता'को निर्माणका लागी ती व्यापारीसँग ८ करोड लिएको तर समयमा नबुझाएको भन्दै ती व्यापारीले मुद्धा दर्ता गरेका थिए । राजपाल यादवले पहिले अदालतलाई आफूले पैसा तिर्ने भरोसा दिलाएर छुट पाएपनि समयमा पैसा नतिरेपछी उनलाई अदालतले हिरासतमा राख्ने आदेश दिएको हो ।
उनले अदालतमा पनि विभिन्न बहाना बनाएर भाग्ने गरेका थिए । मुद्धाको पेशीका क्रममा राजपाल यादवकी पत्नीमाथी पनि आरोप लगाइएको थियो तर, पेशीका क्रममा उनी उपस्थित नभएपछी अदालतले कारबाही प्रक्रियालाई रोक्न बाध्य भएको थियो । अदालतलाई समेत चिढ्याएका कारण अदालतले मौका पाउने बित्तिकै राजपाल यादवलाई १० दिनको हिरासतमा राख्ने आदेश दिएको हो ।



