टेक्नोलजी कम्पनी सोनीले आफ्नो उत्पादन ‘स्मार्टविग’को पेटेन्टका लागि निवेदन दिएको छ। यद्यपि यो क्षेत्रमा प्रविधि उत्पादनमा निकै प्रतिस्पर्धा भइरहेको छ । जुन लगाउन समेत मिल्ने भइसकेको छ।
सोनीले आफ्नो निवेदनमा स्मार्टविग उत्पादन गर्न लागेको छ । जसलाई मानिसले लगाउन पनि सक्नेछ, जसको कपाल छ र यो सञ्चार उपकरणसँग सिधा सम्पर्क पनि गर्न सक्दछ। साथै यसमा डाटा
प्रोसेस गर्ने क्षमता पनि हुनेछ । निवेदनमा उल्लेख गरिएअनुसार स्मार्टविगले सडकमा हिड्न पनि सहयोग गर्नेछ । र, ब्लडप्रेसरसँग सम्बन्धित जानकारीसमेत जुटाउन सक्दछ ।
हालैका दिनमा गुगल र सामसुङले पनि यस्तै उत्पादन बजारमा उतारेका छन् । जसलाई वियेरेबिल टेक्नोलजीको नामले चिन्ने गरिन्छ । यो पनि लगाउन मिल्ने उपकरण हुन् । यो प्रविधिले पनि दैनिक कामकाजका साथै अन्य कयौ प्रकारका
काममा उपभोक्ताको सहयोगी बनेको छ। जापानी कम्पनी सोनीले यो विग घोडा, मानिस, याक, भैसीको रौं, ऊन, चराको खुट्टा या अन्यप्रकारका कृतिम सामग्रीबाट तयार गर्न सकिने जनाएको छ। यसमा जुन उपकरण या सेन्सर लगाइएको हुन्छ त्यो कपालमा लुकाइएको हुन्छ ।
सोनीका अनुसार यो दृष्टिविहीन मानिसका लागि निकै काममा आउन सक्छ । कम्पनीका प्रवक्ताले बताएअनुसार सोनीले यो उपकरण कहिलेबाट बजारमा उतार्ने भन्ने विषयमा कुनै निर्णय भने गरेको छैन । एजेन्सी





