BICITRA KHABAR

BICITRA KHABAR

यस्तो छ बेबी किङको नयाँ फोटो !


नेपालमा राजतन्त्रको अन्त भइसकेपछि बेबी किङका रुपमा खुब चर्चा पाएका ह्रदेयेन्द्र शाहको नयाँ फोटो पहिलो पटक आमा हिमानी शाहले आफ्नो फेसबुक पेजबाट मंगलबार राती सार्वजनिक गरिएका छन् । ११ वर्षिय ह्रदयेन्द्रको बुवा तथा पूर्व युवराज पारस शाह यति बेला थाइल्यान्डमा बस्तै आएका छन् । परिवारिक कलहका कारण ह्रदयेन्द्र सानैदेखि आमासंगै बसिरहेको छ ।हिमानी शाहले आफ्नो फेसबुकमा फोटो अपलोड गरेको तीन घण्टा अर्थात मंगलबार राती १२ बजेसम्म १२५ जनाले सेयर, ११ हजार ४ सय १३ जनाले लाइक र ५ सय ५० भन्दा बढी कमेन्ट गरेका छन् । कमेन्टमा यस्तो भनिएको छ, ‘बुवा जस्तो ममिलाई दुःख नदिनु है बाबु, तिम्रो ममि धेरै राम्रो मान्छे हुनु हुन्छ । सधै ममिको अनुसरण गर्नु अनि ठूलो हजुर-बुवा जस्तो लोकपि्रय बन्नु भगवान पशुपति नाथले सधै सत्कर्ममा तिम्रो मनलाई प्रेरित नरुन । हाम्रो आशिर्वाद रहने छ ।’त्यसैगरी, अर्को कमेन्ट ‘यी तपाईको छोरा मात्र होइन, नेपाल र नेपालीका आस्थाका धरोहर हुन् । यीनीसंग नेपाल र नेपालीको धेरै आशा, विश्वास, भरोसा र अपेक्षा छ । सुन्दछु यीनको चिनामा राज योग छ रे ? यी नेपालका भावि महाराजधिराज हुन् । हे नेपालका भावि महाराजधिराज तिमीलाई मेरो अग्रीम शुभकामना ।’ यस्तै यस्तै कमेन्टहरु लेखिएका छन् ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More