BICITRA KHABAR

BICITRA KHABAR

दुई आयोजनाले पाए विद्युत उत्पादन अनुमति

२० पुस, काठमाडौं । सरकारले दुई जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति दिएको छ । पछिल्लो पटक उत्पादन अनुमति पाउने आयोजनामा घलेम्दी खोला जलविद्युत् आयोजना र रुदी ए रहेका छन् ।विद्युत् विकास विभागका सूचना अधिकृत गोकर्णराज पन्थका अनुसार म्यादी जिल्लाको नारच्याङमा आयोजनास्थल रहेको घलेम्दी खोला जलविद्युत् आयोजनाको निर्माण सिम्याट पावर डेभलपमेन्ट प्रालिले गर्ने छ । सो आयोजनाको क्षमता चार मेगावाट छ । ५६ करोड रुपैयाँ लागत रहेको सो आयोजना तीन वर्षभित्र निर्माण हुने छ । एक वर्षभित्र वित्तीय व्यवस्थापन गरेर निर्माणको काम सुरु गर्न निर्देशनसहित उत्पादन अनुमति प्रदान गरिएको विभागको भनाइ छ ।

आयोजनाबाट उत्पादित विद्युत् चार किमि प्रसारण लाइनमार्फत म्यादीको दानामा रहेको सबस्टेसनमा जोडिने छ । आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौतासमेत गरिसकिएको छ । आयोजनाबाट उत्पादित विद्युत् वषर्ामा रु ४.८० पैसा र हिउँदमा ८.४० पैसामा खरिद गरिने सम्झौता भएको छ । आयोजनाको प्रवर्द्धक सिम्याटले वातावरणीय प्रभाव मूल्याङ्कन-इआइए) समेत गरिसकेको छ । त्यसैगरि, विभागले कास्की जिल्लामा निर्माणस्थल रहेको रुदी एलाई पनि एक वर्षभित्र वित्तीय व्यवस्थापन गर्ने सर्तसहित उत्पादन अनुमति प्रदान गरिएको छ । कुल ६.८ मेगावाट क्षमता रहेको सो आयोजनाको लागत रु एक अर्ब १५ करोड छ । विन्ध्यवासिनी हाइड्रोले निर्माण गर्न लागेको सो आयोजना तीन वर्षभित्र निर्माण हुने छ । आयोजनाबाट उत्पादित विद्युत् कास्कीको लेखनाथमा रहेको सबस्टेसनमा जोडिने छ । आयोजनास्थलबाट सबस्टेसनसम्म करिब २२ किमि प्रसारण लाइन निर्माण गर्नुपर्ने छ ।सो आयोजनाबाट उत्पादित विद्युत् वषर्ामा रु ४.८० पैसा र हिउँदमा ८.४० पैसामा खरिद गरिने सम्झौता प्राधिकरणसँग भएको छ । सो आयोजनाले पनि वातावरणीय प्रभाव मूल्याङ्कनसमेत गरिसकेको छ । रासस

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More