बलिउड नायक संजय दत्त हाल जेलबाट बाहिर छन्। उनले श्रीमती मान्यता दत्तको खराब स्वास्थ्य अवस्था देखाउँदै जेलबाट एक महिनाको छुट्टी मागेका थिए ।जेल प्रशासनले सञ्जय दत्तको माग स्विकार गर्दै उनलाई सहजै छुट्टी पनि दिएको थियो ।
बताइए अनुसार जेलबाट अस्पताल पुगेर श्रीमतीको हालत देखेपछि उनी धुरु धुरु रोएका थिए । नायक दत्ता अस्पताल पुग्दा मान्यता अचेत अवस्थामा बेडमा पल्टिएकी थिइन्। उनलाई श्वास लिन समस्या भइरहेको थियो। मान्यता क्षयरोगबाट पिडित छिन्।अघिल्लो बुधवार मात्रै डाक्टरहरुले मान्यताको फोक्सोबाट पानी निकालेको थियो। दत्तको पारिवारिक स्रोतका अनुसार अप्रेशनपछी पनि मान्यताको स्वास्थ्य अवस्थामा सुध्रिसकेको छैन्।मान्यता दत्ता सञ्जय दत्तसंग विवाह गर्नु अघि आइटम डान्सर थिइन् ।



