BICITRA KHABAR

BICITRA KHABAR

सप्तरीमा पत्नी हत्याका आरोपी डेढ वर्षपछि गिरफ्तार

पत्नीको हत्या घटनामा संलग्न बरही वीरपुर गाविस–१ का २५ वर्षीय सन्तोषकुमार यादवलाई प्रहरीले डेढ वर्षपछि राजविराजबाट गिरफ्तार गरेको छ । गिरफ्तार भएका आरोपीलाई सोमबारजिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ ।गत २०६९ असार ४ गते राति २१ वर्षीया पत्नी रम्भादेवीको घाँटी थिचेर हत्या गरी फरार रहेका आरोपीलाई गिरफ्तार गरी अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक दिनेश अमात्यले जानकारी दिनुभयो ।मृतकका पिता बोरिया गाविस–८ का श्यामसुन्दर यादवले २०६९ असार २० गते जिल्ला प्रहरी कार्यालयमा मृतकका पति सन्तोष, ससुरा वीरेन्द्र, सासू अरुहुलियादेवी र नन्दहरु रन्जुदेवी र मन्जुदेवी यादवविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेका थिए । अन्य आरोपितहरु हालसम्म फरार छन्

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More