BICITRA KHABAR

BICITRA KHABAR

प्रचण्डले आफ्नो गल्ती सच्याएनन् : बाबुराम

१८ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले पार्टी अध्यक्ष प्रचण्डले आफ्नो गल्ती नसच्याएको बताउनु भएको छ ।समानुपातिक सभासद छनोटलाई लिएर भट्टराई र नारायणकाजी श्रेष्ठ प्रकाशले दुई बुँदे असहमति राख्दै प्रचण्डलाई निर्णय सच्याउन अल्टिमेटम दिनु भएको थियो ।‘प्रचण्डले आफ्नो गल्ती सच्याउनु भएन, यसले हामीलाई गम्भीर बनाएको छ’ आफ्नो अल्टिमेटमलाई प्रचण्डलेे बेवास्ता गरेपछि भट्टराईले भन्नु भएको छ-’अध्यक्षले खबर गर्नुहुन्छ भनेर पर्खिएर बस्यौं तर, बोलाउनु भएन । यसबाट हामी असाध्यै गम्भीर र दुःखी भएको छौं ।’आफूहरुले व्यक्तिको नभई पद्धति, प्रणाली र केन्द्रीय समितिले तय गरेको मापदण्डको कुरा उठाएको भन्दै उहाँले आफ्नो कुरा अब बस्ने केन्द्रीय समितिको बैठकमा राख्ने समेत बताउनु भएको छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More