१८ पुस, काठमाडौं । नेपाल प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले ट्रक व्यवसायीका हत्यारा पक्रन सफल प्रहरीलाई पुरस्कृत गर्ने बताउनुभएको छ ।बारा जितपुर-३ का ट्रक व्यवसायी मोहमत अन्सारीलाई बुधबार गोली हानेर भागेका दुई भारतीयलाई पक्रने क्रममा घाइते प्रहरीलाई विहिबार प्रहरी अस्पतालमा भेटेर आईजीपी अर्यालले पुरस्कार दिने घोषणा गर्नुभएको हो ।घरैमा बसिरहेका ट्रक व्यवसायी आफताब अन्सारीलाई गोली हानेर भारततर्फ भाग्दै गरेका लखनउका ३५ वर्षीय विपीन यादव र जोधपुरका रवि पाण्डेलाई उनीहरूको गोली लागेर रगपच्छे भएको अवस्थामा पनि प्रहरी सहायक निरीक्षक मातृका ठाकुर र जवान शेष शवजानले पक्रन सफल हुनुभएको थियो ।आफूहरूलाई गोली लाग्दा पनि साहसका सथा हत्या अभियुक्तहरूलाई आफ्नो नियन्त्रणमा लिन सफल प्रसनि मातृका ठाकुर र जवान शेष शवजानको साहसको प्रसंशा गर्दै प्रहरी महानिरीक्षक अर्यालले उचित पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको हो ।
घाईतेहरूको स्वास्थ्य लाभको कामना गर्दै प्रहरी महानिरीक्षक अर्यालले अन्य प्रहरी कर्मचारीको मनोबल उच्च राख्न दुवैजनालार्इ उचित पुरस्कार दिने बतउनुभएको हो ।गोली प्रहार गरेर भागेका भारतीयलार्इ पक्रने क्रममा गोली लागेर घाइते भएका दुवैजना प्रहरी चौकी इनर्वासिरामा कार्यरत छन् । प्रहरी सहायक निरीक्षक ठाकुरको कम्मर र हातमा दुईवटा तथा प्रहरी जवान सहनाजको पखुरामा गोली लागेको बाराका प्रहरी नायव उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।दुवैलार्इ घटनालगतै नेशनल मेडिकल कलेज वीरगञ्जमा प्राथमिक उपचार गरेपछि थप उपचारका लागि बुधबारै हेलिकप्टरबाट नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।यी समाचार पनि पढ्नुहोस्ः



