BICITRA KHABAR

BICITRA KHABAR

यस्तो बन्दैछ भैरहवाको गौतम बुद्ध विमानस्थल (फोटो फिचरसहित)

१८ पुस, काठमाडौं । सरकारको योजनाअनुसार निर्माण प्रकृया अगाडि बढे अबको तीन वर्षमा भैरहवामा सुविधासम्पन्न अन्तराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुनेछ ।तस्वीरमा देखाइएजस्तै ६ वटा अन्तराष्ट्रिय र चारवटा आन्तरिक उडानका जहाज पार्क गर्न सकिने सुविधासहित भैरहवामा विमानस्थल संचालनमा आउने छ । यसले लुम्बिनीको पर्यटकीय विकासमा ठूलो परिवर्तन ल्याउने र बुद्ध धर्मालम्बी पर्यटकहरु सिधै लुम्बिनी पुग्ने सुबिधा उपलब्ध हुने छ ।एशियाली बिकाश बैंकको आर्थिक सहयोगमा निर्माण हुन लागेको बिमानस्थलका लागि अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणले टेण्डर आह्वान गरेको छ । नोभेम्बर २८ मा टेण्डर खोलेयता करिव २४ वटा अन्तराष्ट्रिय कम्पनीले फारम लगेको गौतम बुद्ध विमानस्थल सुदृढीकरण आयोजनाका निर्देशक मुरारी भण्डारीले जानकारी दिनुभयो । चिनियाँ, भारतीय, कोरियाली र स्पेनी कम्पनीहरुले टेण्डरका लागि फारम लगेको उहाँले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रियट्रमिनल भवन र भवन पछाडी विमान पार्किङ स्थल
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) को वैकल्पिक विमानस्थलका रुपमा निर्माण गर्न लागिएको गौतम बुद्ध विमानस्थलमा अहिले टीआईएमा अवतरण गरिरहेका सबै जहाज अवतरण गर्न सक्ने निर्देशक भण्डारीले जानकारी दिनुभयो । विभानस्थल निर्माण कार्य २०१७ को जुनसम्म सक्ने लक्ष्य राखिएको छ ।विमानस्थलमा ६ वटा अन्तर्राष्ट्रिय उडान भर्ने जहाज र ४ वटा आन्तरिक उडान भर्ने जहाज पार्किङ गर्न मिल्ने छ । पछिल्लो समय टिआईए व्यस्त भएर कतिपय समयमा अन्तर्राष्ट्रिय विमानहरु भारतमा लगेर ल्याण्ड गर्नुपर्ने बाध्यता छ, गौतम बुद्ध विमानस्थलको स्तरोन्नती भएपछि यो बाध्यता हट्ने छ ।गौतम बुद्ध विमानस्थल सञ्चालनमा आएपछि टिआईएबाट हाल अवतरण भइरहेका जहाजमध्ये १० प्रतिशत गौतम बुद्धमा अवतरण गर्ने र बााकी नयाा थपिने अनुमान गरिएको छ । यसो भएमा टिआईएमा हवाई चाप कम हुनेछ ।

गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान अवतरण हुन थालेपछि पर्यटन विकासमा ठूलो टेवा पुग्ने सरोकारवालाहरुले विश्वास लिएका छन् । ‘सबैभन्दा पहिला देशले पहिलो वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल पाउनेछ’ परियोजना निर्देशक भण्डारीले अनलाइनखबरसँग भन्नुभयो- ‘गौतम बुद्धको जन्मस्थल लुम्विनीको अन्तर्राष्ट्रिय जगतमा प्रत्यक्ष सम्बन्ध हुनेछ ।’जिल्लाबाट वैदेशिक रोजगारीमा जानेहरुलाई गौतम बुद्ध विमानस्थल सञ्चालनमा आएपछि राजधानी धाउनुपर्ने वाध्यताको अन्त्य हुनेछ । गौतम बुद्धको जन्म स्थलको प्रचार-प्रसार गर्न सहजता मिल्ने बताउादै निर्देशक भण्डारीले भन्नुभयो- ‘बौद्धमार्गीहरु सिधै लुम्विनी आएर फर्किन सक्नेछन् ।’हेरौं नागरिक उड्डयन प्राधिकरणबाट प्राप्त गौतम बुद्ध विमानस्थलका स्केचहरु

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More