६ पुस, काठमाडौं । चौधरी समुहको सिष्टर कम्पनी इओएल प्रालिले टीसीएल एलईडी म्यूजिक टेलिभिजन नेपाली बजारमा भित्राएको छ । कम्पनीले ४२ इञ्चको ‘४२टी३६००’ र ३२ इञ्चको ‘३२टी३६००’ मोडलका म्यूजिक टेलिभिजन नेपाल भित्राएको हो ।नेपाली बजारमा ४२ इञ्चको टिभीलाई ७७ हजार रुपैयाँ र ३२ इञ्चको टिभीलाई ४१ हजार ९ सय ९० रुपैयाँ पर्नेछ । दुबै मोडलमा अडियो पावर आउटपुट ३०० वाट पीएमपीओ रहेको छ भने फुल युएसबी सुविधा पनि रहेको छ ।४२ इञ्च टेलिभिजनमा स्त्रिन रेजुलेसन फुल एचडी रहेको छ भने ३२ इञ्च टेलिभिजनमा एचडी रेडी रहेको बताइएको छ । टेलिभिजनमा पछिल्ला प्रविधि प्रयोग गरिएको छ भने डिजाइन पनि आकर्षक रहेको छ ।कम्पनीले म्यूजिक टेलिभिजनका साथसाथै थप तीनवटा नर्मल एलईडी टिभी पनि बजारमा ल्याएको छ । २८ इञ्चको ‘२८टी३५१०’, १६ इञ्चका ‘१६डी३०’ र ‘१६डी२०’ मोडल बजारमा ल्याएको हो । जस्को मूल्य क्रमशः ३४ हजार ८ सय ९०, १६ हजार ५ सय ९० र १६ हजार ५ सय ९० रुपैयाँ रहेको छ ।नर्मल एलईडी टेलिभिजनमा पनि सीआरटी टिभी र एलसीडी टिभीको तुलनामा धेरै विशेषताहरु रहेको कम्पनीले दाबी गरेको छ । सबै मोडलका टेलिभिजनमा कम्पनीले एक वर्षको वारेन्टी प्रदान गर्ने बताएको छ ।



