BICITRA KHABAR

BICITRA KHABAR

दुइवटा टाउको भएको बिचित्रको बाच्छो जन्मियो..(फोटो फिचर)

२१ पुस,एजेन्सी। मोरक्कोमा एक गाइले दुइवटा टाउको भएको बाच्छो जन्माएको छ। उत्तरी मोरक्कोको सेफ्राउ नाम गरेको गाउँमा यस्तो दुर्लभ बाच्छो जन्मिएको हो।डिसेम्वर ३० जन्मिएको यो बाच्छोको नाम साना साइडा राखिएको छ जसको अर्थ स्थानिय भाषामा 'नयाँ वर्षको शुभकामना' हुन्छ।यस्तो अचम्मको बाच्छो जन्मिएपछी गाउँमा हेर्ने मानिसको भिड जम्मा हुने गरेको छ ।

विज्ञानका भाषामा दुइ टाउको भएका जनावारलाई पोलीसेफालिक भनिन्छ । गाईले जुम्ल्याह पाउन लागेको भऐपनि अण्डा नछुट्टिएका कारणले दुइ टाउको भएको बाच्छो जन्मिएको पशु विशेषज्ञहरु बताउँछन्।यो बाच्छोले दुबै मुखबाट खान सक्दछ।दुइ वटा मुख भएको जनावरको जन्म भएको यो नै पहिलो भने होइन्।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More