BICITRA KHABAR

BICITRA KHABAR

प्रेम बिबाह गरेको ९ महिनामै छात्रासँग दोश्रो बिबाह

दुर्गाप्रसाद शर्मा/उज्यालो । पर्वत, माघ ७ संगै जीउने र मर्ने कसम खाएर प्रेम बिबाह गरेको श्रीमानले नौ महिना मै सौता ल्याएपछि पर्वतकी एक युवती अलपत्र पर्नुभएको छ ।पर्वतको जिल्लाको खुर्कोट गाउँ बिकास समिति – ७ का २५ बर्षिय बिष्णुहरि परियारले बिबाहको नौ महिनामा नै दोस्रो श्रीमती ल्ःयाएपछि परियारकी पहिलो श्रीमती मनकुमारी दर्जी अलपत्र पर्नुभएको हो ।मनकुमारीका श्रीमान बिष्णुरामले आफ्नै स्कूले छात्रा १६ बर्षिया मनिषा बस्नेतसँग दोस्रो बिहे गर्नुभएको छ । बिष्णुहरि र मनकुमारी बिचको प्रेम सबन्धपछि गएको बैशाख १८ गते बिवाह भएको थियो । प्रेम सम्बन्धका कारण बिहे गर्न उहाँहरु बैशाख ११ गते नै घरबाट भाग्नु भएको थियो ।तर बिबाह गरेको नौ महिना नपुग्दै आफूले पढाउने १० कक्षाकी छात्रा मनिषा बस्नेतसंग पुस २९ गते बिष्णुरामले दोस्रो बिबाह गनुभएको हो । परियार बागलुङ्ग जिल्लाको नरेठाँटी स्थित ईरा मदरल्याण्ड बोर्डिङ्ग स्कुलका शिक्षक हुनुहुन्छ ।दोस्रो बिबाह गरेर घरमा ल्याएपछि आफूलाई घरबाट बाहिर निकालेको पीडित मनकुमारीले बताउनुभयो । लोग्नेस्वास्नीको सम्बन्ध स्थापित भैसकेको र कानुन बमोजिम योग्य र सक्षम रहेको अवस्थामा लोग्नेले धोका दिई दाम्पत्य अधिकारलाई हनन गरी पुनः अर्को विवाह गरेको भन्दै पीडित मनकुमारीले प्रहरीमा बहुबिबाहको निवेदन दिनुभएको छ । उहाँले श्रीमान बिष्णुराम र मनिषाबिरुद्ध बहुबिबाहको मुद्दा दिनुभएको छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More