BICITRA KHABAR

BICITRA KHABAR

अस्पताल बन्द हुँदा विरामी मर्कामा, चिकित्सकको लडाइँमा बिरामीको बिचल्ली (भिडियो सहित)

६ माघ दाङ । चिकित्सहरुको आन्दोलनका कारण दाङका सबै स्वास्थ्य संस्था बन्द हुादा चार जिल्लाका विरामी उपचारबाट बञ्चित भएका छन् । तुलसीपुरको अञ्चल अस्पताल र घोराहीको उपक्षेत्रीय अस्पतालमा आकष्मिक बाहेक अरु सबै सेवा ठप्प हुँदा बिरामीहरु उपचार नपाई अलपत्र परेका हुन् । अञ्चल अस्पताल र उपक्षेत्रीय अस्पतालमा दाङका ग्रामिण भेगसहित सल्यान, रोल्पा, र रुकुमबाट उपचारका लागि विरामी आउने गरेका छन् । ओपिडी सेवा बन्द हुँदा विरामीहरु न त घर फर्कन सकेका छन, नत उपचार नै पाएका छन् । विरामीले उपचार नपाएपछि उनीहरुका आफन्त पनिद दाङमै अपलत्र परेका छन् । इमेरजेन्सी सेवा भने सुचारु राखिएको अञ्चल अस्तालका तुलसीपुरका मेडिकल सुपरीटेन्डेन्ट डा. केदार सेन्चुरीले जानकारी दिए । सरकारले आमरण अनशनमा बसेका डा. गोविन्द केसीका माग पूरा गर्न चासो नदिएको भन्दै चिकित्सक संघले आइतबारदेखि देशभरका स्वास्थ्य सेवा ठप्प पार्दा नागरिकले सास्ती खेपेका छन् ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More