BICITRA KHABAR

BICITRA KHABAR

यस बच्चाको नजिक जान सायद तपाईलाई हिम्मत कै आवश्यक पर्छ,,,

माघ ०६ सामान्यता कुनै पनि बच्चा देख्ने बित्तिकै हामीलाई माया लाग्ने गर्छ । यस बच्चा देखि भने प्राय सबै डराउने नै गर्छन ।यस बच्चालाई मानिसले आफ्नो काखमा लिने होइन कि सबै जना टाढा नै भाग्ने गर्छन् । यो बच्चालाई सबै मानिसले राक्षसी बच्चाको उपनाम समेत दिएको छ । न्युज स्काई डट कमको खबर अनुसार यो बच्चा कुनै सामान्य बच्चा नभई एक राक्षसी बच्चा हो , जसलाई एनिमेशनले बनाएको हो ।न्यूयोर्कमा यस बच्चाले आतंक नै मच्चाएको छ । यो बच्चा रिमोटबाट चल्ने गर्छ । पचास लाख भन्दा बढी मानिसहरुले यस बच्चाको भीडियो यू–ट्यूबमा देखि सकेका छन् । वास्तवमा यो बच्चा एक फिल्म प्रमोशनका लागि हो ।डेविल्स ड्यू नाम गरेको यो फिल्म १७ जनवरीमा रिलिज भैसकेको छ । ( एजेन्सीको सहयोगमा )

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More