BICITRA KHABAR

BICITRA KHABAR

प्रचन्डले मर्ने बेला मलामी पनि नपाउने हिसिला यमीको घोषणा

काठमाडौं ।  एमाओवादी आफैले रचेको नौटंकी संविधानसभाको नाचमा नराम्रो संग पछारियो । लगत्तै संविधानसभाको चुनाव धाँधली हो, हामी सहभागी हुँदैनौ भनेर हुंकार गर्‍यो तर लोभको भाँडो छताछुल्ल भए पछी पुन: संविधानसभामा जानलाई खुट्टो उचाल्यो । वैचारिक स्वखलनको हुर्मतले समानुपातिक सभासदको चयनमा पुग्दा कार्यकर्ता बीच कुटाकुटकै अवस्थामा पुग्यो । हानामार अब नेताहरुमा पनि सर्दै गएपछी  हिसिला यमीले प्रचन्डलाई मर्नेबेलामा मलामी पनि नपाउने घोषणा गरेकी छिन् । 

‘नक्कलीको बीस वटा पोइ, मर्नेबेलामा कोही न कोही’ भन्ने नेपाली उखानजस्तै प्रचन्डको पनि अन्तिममा त्यही हालत हुने हिसिला यमीले धेरैपटक भविष्यवाणी गरेकी छिन् ।विचार र राजनीतिभन्दा पनि चतुर्याइ  र षडयन्त्रको मुख्य बलमा नेता बनेकाले यिनले दीर्घकालिक हुनै नसक्ने उनको भनाइ छ । हिसिलाले त यतिसम्म भन्छिन कि अन्तिममा प्रचण्डको मलामी जाने आफन्तवाहेक कोही रहँदैनन् । रुसी राष्ट्रपति यल्त्सिनको समेत आफन्तसहित एक दर्जनमात्र मलामी थिए । हुन पनि प्रचण्डका लागि अन्तिममा आफ्नै परिवारका सदस्यभन्दा अरु कोही रहने छाँट देखिएको छैन् । प्रचण्डलाई अहिले पनि जतिले समर्थन र ऐक्यबद्धता जनाएका छन्, अधिकांशले कुनै न कुनै भौतिक उत्प्रेरणाविना गरेकै छैनन् ।

शान्ति प्रक्रियामा आएपछि प्रचण्डले विचार र राजनीतिभन्दा पनि आर्थिक र पद बाँडेर तथा लुट्न लगाएर आफ्नो बनाएका छन् । प्रचण्डको पक्षमा लागेका अधिकांश गाउँदेखि जिल्ला, केन्द्रसम्मका नेता तथा कार्यकर्ताहरुले ठेक्का, चन्दा, तस्करी लगायतमा जोडिएकै छ । नजोडिएकालाई प्रचण्डले आर्थिक वा अन्य केही सुविधा दिएकै छन् । पछिल्लो समय विचार,राजनीतिभन्दा भौतिक उत्प्रेरणाले मात्र आफ्नो बनाएकाले उनले सबैलाई दिन नसक्ने अवस्था आयो, जसका कारण उनको विरुद्ध उभिएका छन् ।गुट अन्तरसंघर्षलाई बाबुराम र नारायणकाजीले सापेक्षिक मिलाए पनि प्रचण्डको गुट विघटनको अवस्थामा छ । उपयोगितावादी प्रचण्डलाई त्यही विधिले हल गर्नखोज्दा तिनले पछिल्लो समयमा घाटा वाहेक तिनलाई केही हात लागेको छैन् ।प्रचन्डले मर्ने बेला मलामी पनि नपाउने हिसिला यमीको घोषणा 

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More