BICITRA KHABAR

BICITRA KHABAR

मृगौला फेल भएका युवा सहयोगको आशमा

१९ पुस, काठमाडौं । दुवै मृगौलाले काम गर्न छोडेपछि जीवन मरणको दोसाधमा रहेका एक युवाले आफ्नो उपचारका लागि सहयोगको याचना गरेका छन् ।२१ वर्षकै कलिलो उमेरमा दुवै मृगौलाले काम गर्न छोडेपछि थला परेका झापाको तोपगाँछी गाविस–४ का मिलनचन्द्र अधिकारीले सहयोगको याचना गरेका हुन् ।आर्थिक अवस्था कम्जोर रहेकाले छोराको उपचारका लागि लाग्ने लाखौं रुपैयाँ जुटाउन नसकेपछि सहयोगीहरुसँग हारगुहार गरिरहेको मिलनका बाबु सुवासचन्द्र अधिकारीले बताउनुभयो ।दुवै मृगौलाले काम गर्न छोडेपछि काठमाडौंको मिनभवनमा बसेर उपचार गराइरहेका मिलनचन्द्रको मृगौला फेर्न २० लाख बढी लाग्ने अवस्था छ । छोराको मृगौला फेर्न आफ्नो घरबारी बेच्दा पनि पार नलाग्ने बताउँदै बाबु सुवासचन्द्रले सहयोगको आश गर्दै छोराको जीवन जोगाईदिन आग्रह गर्नुभएकोहो ।मिलनको उपचारका लागि सहयोग रकम सुप्रिम डेभलपमेन्ट बैंकमा मिलनका बाबु सुवाशचन्द्र अधिकारीको नाममा रहेको खाता नं. ०१४००००१६५०९ मा जम्मा गरिदिन अधिकारी परिवारले आग्रह गर्नुभएको छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More