BICITRA KHABAR

BICITRA KHABAR

ग्राहक ठगिएपछि एसविआई बैंक विर्तामोडको एटिएममा ताला

२० पुस, झापा । एटिएमबाट ठगिएको भन्दै ग्राहकहरुले झापाको विर्तामोडस्थित एसविआई बैंकको एटिएममा ताला लगाइदिएका छन् । एटिएममाबाट पैसा निकाल्दा ननिस्कने तर खातामा भने घटेपछि ग्राहकले शनिबार विहान ताला लगाइदिएका हुन् ।ग्राहकले खाताबाट घटेको आफ्नो पैसा फिर्ता दिन र कर्मचारीबाट भएको अनियमितताको छानविन माग गर्दै एटिएममा ताला लगाएका हुन् । उनीहरुले एटिएमबाट भएको ठगी छानविन गरी ग्राहकको पैसा फिर्ता नगरेर बैंकको शाखा बन्द गर्न दवाब दिएका छन् ।‘हामीले कार्ड प्रयोग गरेर पैसा झिक्न खोज्दा एटिएममै अड्कने गरेको छ , तर खातामा भने पैसा घट्ने भएकाले छानविन गर्न माग गर्दै ताला लगाएका हौं ।’ बैंकका ग्राहक उपभोक्ता तारामणि सापकोटाले भने ।एटिएमबाट झिक्न खोज्दा ननिस्कने पैसा बैंकका कर्मचारीहरुले अनियमितता गरेको रकम फिर्ताका लागि ताला लगाइदिएको सापकोटाले बताए ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More