BICITRA KHABAR

BICITRA KHABAR

‘लुट’ र ‘चपली हाइट’ले अश्लिलता नभित्राएको निर्माताको दाबी

नेपाली सिने बजारमा ‘लुट’ र ‘चपली हाइट’को बारेमा जति सकारात्मक चर्चा हुन्छ, त्यो भन्दा बढि नकारात्मक । २ बर्ष अघि सर्वाधिक कमाइको रेकर्ड राखेका यि दुई सिनेमाले चलचित्र क्षेत्रमा अश्लिलता भित्राएको आरोप पनि लगाइन्छ । दुई सिनेमामा प्रयोग गरिएका संवाद र दृश्यले नेपाली सिनेमाको धार नराम्रोसँग बिग्रिएको बताउँनेहरुको कमी यहाँ छैन ।तर एक मञ्चमा एकैसाथ देखिएका ‘लुट’का निर्माता तथा निर्देशक निश्चल बस्नेत र ‘चपली हाइट’का निर्माता अर्जुन कुमारले आफूहरुको सिनेमाले अश्लिलता नभित्राएको दाबी गरे । निश्चलले आफूलाई सिनेमा नगरी बिगारेको आरोप लाग्ने गरेको भन्दै त्यस्तो नभएको दाबी गरे ।यता ‘चपली हाइट’का निर्माता अर्जुन कुमारले आफूलाई सिने नगरीमा अश्लिलता भित्राएको आरोप लगाइएको भन्दै यो कुरा झुटो भएको तर्क गरे । २ बर्षपछि दुई निर्माताको यस्तो अभिव्यक्ती आएको हो ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More