BICITRA KHABAR

BICITRA KHABAR

२० किलो घटेपछि यस्तो देखिए हिमेश

बलिउडका चर्चित गायक हिमेश रेशमियाको नयाँ तस्बिर हेर्दा तपाइले उनी नै हुन् भनेर नपत्याउन पनि सक्नुहुन्छ । तर चलचित्रको कथाले मागेपछि आकर्षक जिउडाल भएका हिमेश निक्कै पातलो देखिएका छन् ।
उनले ‘द एक्सपोज’ नामक सिनेमाका लागि आफ्नो तौल २० किलो घटाएका हुन् । २० किलो तौल घटाएका हिमेशलाई चिन्न निक्कै गाह्रो पर्छ ।उनको नयाँ लुक्स सार्वजनिक भएपछि यसको चर्चा सुरु भएको छ । हिमेशले यो सिनेमाको निर्माण आफै गर्दैछन् । उनले यो सिनेमामा नायिकाको रुपमा नरगिस फखरीलाई लिन चाहेका थिए । तर नरगिसले यो सिनेमा खेल्न अस्विकार गरिदिएकी थिइन् ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More