BICITRA KHABAR

BICITRA KHABAR

नवजात शिशुको हत्या अभियोगमा महिला पक्राउ

बागलुङ, पुस १९– शिशु जन्माएर मारेको अभियोगमा प्रहरीले बाग्लुङ अमुरभूमीकी एक महिलालाई पक्रेको छ ।हाल नरेठाँटी ७ बस्दै आएकी ४० वर्षकी नन्दकली नाईसालाई प्रहरीले पक्रेको हो । अवैध सम्बन्धबाट नाइसाले पुस १५ गते छोरा जन्माई घरदेखि केही पर सिस्नोको गाँजमा खाल्डो खनेर पुरेको प्रहरी नायब निरीक्षक शैलेन्द्र खड्काले जानकारी दिनुभयो ।स्थानीयको जानकारीको आधारमा घटनाबारे सोधखोज गर्दा शिशुको शव भेटिएको थियो । नाईसा ४ सन्तानकी आमा हुन् । अहिले धम्जा प्रहरी चौकी विहुँमा राखिएकी उनलाई शनिबार जिल्ला प्रहरी कार्यालयमा ल्याउने प्रहरीले जनाएको छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More