१९ पुस, मोरङ । अपराध नियन्त्रणका लागि क्षेत्रिय प्रहरी कार्यालय विराटनगरले पुर्व क्षेत्रका प्रहरी कार्यालयलाई ३० वटा मोटरसाईकल प्रदान गरेको छ ।प्रहरी कार्यालयहरुलाई साधन श्रोतसम्पन्न बनाउदै लैजाने विभागीय नीतिअनुरुप झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरी जिल्ला प्रहरी कार्यालयलाई साईरनजडित बजाज कम्पनीका मोटरसाईकल हस्तानतरण गरिएको हो ।पूर्वक्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले झापा, सुनसरी, सिरहा र सप्तरीका प्रहरी अधिकृतहरुलाई मोटरसाईकलको साँचो हस्तान्तरण गर्नुभएको हो ।साँचो हस्तान्तरण गर्दै सिलवालले सवारीसाधनको पहुँच सहज भएका स्थानहरुमा मोटरसाईकल छिटो पुग्ने भएकाले तत्काल प्रहरीको उपस्थिती एवम् अपराध नियन्त्रणका गर्न मोटरसाईकल उपयोगी हुने बताउनुभयो । कुनै पनि घटना हुनासाथ प्रहरी पुग्दा प्रहरीप्रति जनविश्वास पनि बढ्ने भएकाले मोटरसाईकललाई विशुद्ध जनताको सेवामा परिचालन गर्न सिलवालले निर्देशन दिनुभयो ।प्रहरी प्रधान कार्यालयले पुर्वक्षेत्र मातहतका विभिन्न प्रहरी कार्यालयहरुलाई उपलब्ध गराएको एकसय तीनवटा मोटरसाईकलमध्ये पहिलो चरणमा तराईका झापा, मोरङ, सुनसरी जिल्लालाई ७÷७ वटा, सिरहालाई ६ वटा र सप्तरीलाई ३ वटा हस्तानतरण गरिएको छ । क्षेत्रीय प्रहरी कार्यालयले दोश्रो चरणमा बाँकी ७३ वटा मोटरसाईकल केही दिनमै वितरण गर्ने कार्यक्रम रहेको छ ।



