नयाँ दिल्ली – बलिउड अभिनेता जोन अब्राहमले सीमित व्यक्तिहरूको उपस्थितिबीच प्रेमिका प्रिया रुन्चलसँग बिहे गरेका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार इन्भेस्टमेन्ट बैंकर रुन्चल र जोनबीच एक साथीमार्फत् सन २०१० मा पहिलोपटक मुम्बईमा भेट भएको थियो ।
जोनले ट्विटरमार्फत् यसको पुष्टि गरेका छन् । उनीहरूबीच भेट हुनुअघिसम्म जोन बलिउड अभिनेत्री विपाशा वासुसँग प्रेमसम्बन्धमा थिए ।



