१ माघ, काठमाडौं । भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहले नयाँ सरकार बनेपछि नेपाल भ्रमणमा आउने इच्छा देखाएका छन् ।भारत भ्रमणमा रहेका गृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेले बुधबार प्रधानमन्त्री सिंहलाई भेटी नेपाल भ्रमणको निम्तो दिएका छन् । जवाफमा सिंहले नयाँ सरकार बनेपछि नेपालको भ्रमण गर्न इच्छुक रहेको भन्दै समयतालिका मिलाउन प्रयत्न गर्ने बताएका छन् ।रेडकोर्स रोडस्थित आफ्नै निवासमा भएको भेटमा भारतीय प्रधानमन्त्री सिंहले संविधानसभा निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गरेका छन् । साथै नेपाली जनताको चाहना अनुसार देश विकास र निर्माणमा आवश्यक रहयोग गर्ने बताएका छन् ।भेटमा परराष्ट्रमन्त्री घिमिरेले निर्वाचन सम्पन्न भएपछि आगामी साता संविधानसभा बैठक बस्ने तयारीबारे जानकारी गराएका छन् ।



