BICITRA KHABAR

BICITRA KHABAR

हात्ती बन्यो कलाकार, सूँडले बनायो लोभलाग्दा पेन्टिङ

जंगली जनावर हात्तीले सुन्दर पेन्टिङ बनायो भन्दा सायद तपाइलाई पत्याउन कठिन होला । तर, राम्रो तालिम दिन सकियो भने हात्तीले कति सिर्जनशील काम गर्न सक्छ भन्ने उदाहरणका लागि बैंककको एक हात्तीको काम हेरे पुग्छ ।यहाँ एक हात्तीले आफ्नै तस्वीर बनाएको छ, त्यो पनि कलाकारले जस्तै ब्रस र रङको प्रयोग गरेर । नोप्पाखाओ नाम गरेको यो हात्तीलाई पिटर नामले चिनिन्छ । यो हात्तीले अहिलेसम्म दर्जनौं आर्ट तयार पारिसकेको छ, जुन ७० डलरसम्ममा विक्री भइरहेका छन् ।

आज हामीले तपाईहरुलाई देखाउन लागेको तस्वीरमा भने पिटरले साथीको तस्वीर बनाइरहेको छ । जुन, बैंककबाट ५० किलोमिटर अयुत्तथाया प्रान्तमा छ । पिटरले बनाएको पेन्टिङ्ग बेचेर आउने पैसा हात्ती संरक्षणमा खर्च गरिनेछ ।पछिल्लो ८ वर्षदेखि पिटर नाम गरेको यो हात्तीले एशियन एलिफेन्ट आर्ट एन्ड कन्जरभेशन प्रोजक्टअन्तरगत पेन्टिङ्ग गरिरहेको छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More