BICITRA KHABAR

BICITRA KHABAR

कतारमा २ सय नेपालीको मृत्यु

दोहा, पुस २२ - वैदेशिक रोजगारको आकर्षक गन्तब्य रोज्दै कतार आइपुगेका झण्डै २ सय नेपालीको सन् २०१३ मा विभिन्न कारणबाट मृत्यु भएको छ ।दोहास्थित नेपाली नियोगले दिएको तथ्याङकअनुसार सन २०१३ मा १ सय ८९ जना नेपाली कामदारको मृत्यु भएको हो ।तथ्याङक अनुसार मृत्युमा सबैभन्दा बढि 'सडेन कार्डियक एरेस्ट' (सुतेको सुत्यै भएर ज्यान गएको) तथा सडक दुर्घटनाका कारण छ ।यसका साथै कार्यस्थलमा दुर्घटना, मस्तिष्क पक्षघात, आत्महत्या र प्राकृतिक मृत्यु पनि यो संख्यामा समेटिएको छ ।मृत्यु हुनेहरुको संख्या सन २०१२ भन्दा २० ले बढी छ ।अघिल्लो बर्ष १ सय ६९ जना नेपाली कामदारको कतारमा मृत्यु भएको थियो । 

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More