काठमाडौं, पुस २२ – सरकारले राहदानी वितरणमा ढिलाई गर्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।विभिन्न बहानामा राहदानी वितरण गर्न ढिलाई गर्ने कर्मचारीलाई प्रक्रियागत कारवाही गरिने राहदानी विभागका महानिर्देशक रमेशप्रसाद खनालले जानकारी दिनुभयो ।विदेशमा रहेका नेपाली नियोग तथा दूताबासले समयमा नै राहदानी उपलब्ध नगराउँदा विदेशमा रहेका नेपाली मर्कामा परेका छन् ।युरोप, अमेरिका र मध्यपूर्वी देशमा रहेका नेपालका नियोग र दूतावासले राहदानी बनाउने र नविकरण प्रकृयामा लापरबाही गरेका कारण नेपाली नागरिकले आवेदन दिएको डेढ वर्षसम्म पनि राहदानी पाउन सकेका छैनन् ।
तर महानिर्देशक खनालले भने विदेशमा रहने नेपालीले आवेदन दिएको बढीमा तीन महिनाभित्र राहदानी पाउनुपर्ने बताउनुभयो । नियोगकी सेकेण्ड सेक्रेटरी डाक्टर ईला मैनालीले प्रमाणीकरणका कारण ढिलाई भएको बताउनुभयो ।



