BICITRA KHABAR

BICITRA KHABAR

ओबामालाई पछि पार्दै बिल गेट्स बने बिश्वकै प्रशंसनीय ब्यक्ति

२८ पुस, काठमाडौं । माइक्रोसफ्टका संस्थापक बिल गेट्स विश्वकै सबैभन्दा जीवित प्रशंसनीय व्यक्ति बनेका छन् । बेलायती पत्रिका टाइम्सका लागि यूगोभले गरेको अध्ययनमा अमेरिकी राष्ट्रपति ओबामालाई पछि पार्दै बिल गेट्स सूचीको शीर्ष स्थानमा परेका छन् ।१३ देशका १४ हजारबीच गरिएको सर्बेक्षणमा बिल गेट्सले १०.१० प्रतिशत भोटका साथ पहिलो स्थानमा छन् । प्रशंसनीय व्यक्तिको सूचीको दोस्रो स्थानमा ओबामा र तस्रो स्थानमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन् छन् । रोमन क्याथोलिक ईसाइ धर्मगुरु पोप फ्रान्सिस चौथो स्थानमा छन् ।पाँचौं स्थानमा भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकर छन् । छैटौं स्तानमा चिनियाँ राष्ट्रपति शी जिनपिङ, सातौं स्थानमा गुदजरातका मुख्यमन्त्री एवं बीजेपीका प्रधानमन्त्री उम्मेद्वार नरेन्द्र मोदी, आठौं स्थानमा उद्योगपति वारेन बफेट, नवौं स्थानमा अमिताभ बच्चन र दशौं स्थानमा भारतका पूर्व राष्ट्रपति अब्दुल कलाम छन् ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More