BICITRA KHABAR

BICITRA KHABAR

पत्रकारले प्रश्न सोध्दा किन रिसाए लोकमान ? (भिडियोसहित) सीडीओ र एसपीले माफी मागे, धर्ना स्थगित

ध्रुव भट्टराई २८ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध नाराबाजी गरेका बिराटनगरका पत्रकारलाई प्रहरीले धरपकड गरेको छ । सुपारी निकासी फुकुवा गरेको प्रश्नमा गालगलौज गरेको भन्दै पत्रकारहरुले लोकमानविरुद्ध नाराबाजी गर्नुका साथै जिल्ला प्रशासन कार्यालय मोरङको मुल गेटमा धर्ना दिएका थिए । पत्रकारहरुको धर्नाका कारण कार्यालयभित्रै थुनिएका कार्कीको बाटो खोल्न प्रहरीले नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष विक्रम निरौलासहित दुई दर्जन पत्रकारलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पुर्‍याएको थियो । 

धरपकडका क्रममा केही पत्रकार घाइते भएका छन् । सीडीओ र एसपीले माफी मागे धरपकड गरेकोप्रति प्रमुख जिल्ला अधिकारी गणेश कार्की र प्रहरी प्रमुख एसपी विश्वराज पोख्रेलले माफी मागेका छन् । सीडीओ र एसपीले माफी मागेपछि मोरङ प्रशासनमा पत्रकारहरुले दिएको धर्ना स्थागित भएको छ । किन रिसाए लोकमान ? विभिन्न जिल्लाको भ्रमणका क्रममा बिराटनगर पुगेका अख्तियार प्रमुख कार्कीले प्रशासन कार्यालयमा पत्रकार सम्मेलन गरेका थिए । पत्रकारहरुले तेश्रो मुलुकवाट निर्यात हुने सुपारी भारतमा हुने निकासीमा तपाईले लाइन मिलाउनु हुन्छ रे भनी प्रश्न सोधेपछि कार्कीले आफूलाई बदनाम गर्न खोजेको बताए । सुपारी तस्करीमा आफ्नो संलग्नता नभएको भन्दै उनले भने-’मेरो संलग्नता प्रमाणित गर्नुस्, आजैका मितिदेखि राजीनामा दिन्छु ।’

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More