आफ्नो चलचित्र ‘जय हो’को प्रचारका क्रममा नायक सलमान खानले चर्चा भन्दा धेरै आलोचना भोग्नु परेको छ । एक सफाई महोत्सवमा २ करोड लिएपछि सलमानले मिडिया र जनताबाट चर्को आलोचना भोगे ।हालै मात्र उनले भारतको एक चर्चित टेलिभिजनलाई अन्र्तवार्ता दिदै वीजेपी नेता एवं प्रधानमन्त्रीका उम्मेदवार मोदीको समर्थनमा खुलेरै बोले । केही दिन अघि मात्र सलमान र मोदी चंगा महोत्सवमा सहभागी भए र केही समय बिताए । मोदीसँगै समय बिताएपछि सलमानको पुत्ला पनि जलाइएको थियो ।एक चर्चित टेलिभिजनसँग कुरा गर्दै उनले मोदीले गुजरातमा सन् २००२ मा भएको दंगाको बिषयमा माफी माग्नु नपर्ने बताएका छन् । अदालतले निर्णय गरिसकेको भन्दै सलमानले मोदीले माफी नमाग्नु पर्ने बताएर सबैलाई अचम्ममा पारिदिएका छन् ।यतिबेला भारतका अन्य पार्टीका नेता तथा कार्यकर्तालाई बीजेपी नेता मोदीको पक्षमा सलमान बोलेको र सँगै हिडेको मनपरेको छैन । तर पनि सलमान उनको बारेमा खुलेरै बोलिरहेका छन् ।



