BICITRA KHABAR

BICITRA KHABAR

नेपालीलाई धन्यवाद ज्ञापन गर्दै अमेरिकी गभर्नर र महान्यायाधिवक्ता

विजय थापा
भर्जिनिया । अमेरिकाको भर्जिनिया राज्यका नव निर्वाचित गभर्नर टेरी म्याकल्फ तथा महान्यायाधिवक्ता मार्क आर हेरिंग अल्पसंख्यक नेपाली समुदाय बीच सामीप्यता रहेको छ । डेमोक्राटिक(प्रजातान्त्रिक) दलबाट बिजयी भएको खुशीमा नेपालीहरुले गरेको सहयोग स्वरुप पिठ्युमा धाप मार्न सुरु गरेका छन् । पछिल्लो एक दशकदेखि डिसी महानगर क्षेत्रमा नेपाली समुदायको जन घनत्व बिज गणतीय रुपमा वृद्धि हुँदै गएकोले निर्वाचनमा नेपाली अमेरिकनहरुले महत्वपूर्ण भूमिका खेलेकोमा दुबैले हर्ष व्यक्त गरेका छन् । नव निर्वाचित गभर्नर टेरी म्याकल्फ डेमोक्राटिक दलका उम्मेदवार हुन् भने उनले उनले ४८ प्रतिसत मत ल्याई बिजयी भएका थिए भने उनका प्रतिद्वन्दीले ४५.५ प्रतिसत मत प्राप्त गरेका थिए । यसैगरी डेमोक्राटिक (प्रजातान्त्रिक)का मार्क आर हेरिंगले पनि महान्यायाधिवक्तामा २० लाख भन्दा ज्यादा खसेको मतमा केवल १६५ मतले मात्र बिजयी भएका छन् ।

 यसअघि भर्जिनियाको गभर्नरमा रिपब्लिकन दलको कब्जामा रहेको थियो भने यहि जनवरी ११ तारिखको दिन भर्जिनियाको राजधानी रिचमण्डमा टेरी म्याकल्फ कार्यभाल सम्हाल्दै छन् भने महान्यायाधिवक्ताको समुद्घाटन जनवरी ४ मा हुने भएको छ । भर्जिनियाको गभर्नर हुन अमेरिकन नागरिक हुनु पर्ने र भर्जिनियामा पांच बर्ष अगाडी मतदाता सुचीमा नाम लेखाएको हुनु पर्ने छ ।भर्जिनिया मात्र अहिले सम्म यस्तो राज्य हो जहाँ गभर्नरले एक कार्यकाल ४ बर्ष मात्र पदमा बस्न पाउने प्राबधान छ । प्रजातान्त्रिक दलका नव निर्वाचित भर्जिनियाका गभर्नर टेरी म्याकल्फ तथा महान्यायाधिवक्ता मार्क आर हेरिंग प्रभावशालि तथा दूरदृष्टि भएका नेताहरु भएकाले नेपाली समुदायको लागि यो भन्दा ठुलो खुशीको कुरा केहि हुन सक्दैन भन्दै लाउडन काउन्टी डेमोक्रेटिक (प्रजातान्त्रिक)दल ,डलस डिस्ट्रिक (जिल्ला)का नव निर्वाचित सभापति हरि शर्माले बताए । शर्मा लाउडन काउन्टी (जिल्ला )प्रजातान्त्रिक दलका निर्वाचित कोषाधक्ष्य रही २०११- २०१३ सम्म सेवा गरेका थिए । लाउडन काउन्टी (जिल्ला )अमेरिका कै सर्बोच्च पारिवारिक आम्दानी (सबै भन्दा धनि प्रान्त)भएको काउन्टी पर्दछ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More