BICITRA KHABAR

BICITRA KHABAR

नेपाल एयरलाइन्समा खुल्दैछ एक हजारलाई जागिर

२२ पुस, काठमाडौं । आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि आठवटा नयाँ जहाज आउने भएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)ले थप करिब १ हजार कर्मचारी भर्ना गर्ने तयारी गरेको छ । निगमले आन्तरिक उडानका लागि चीनबाट ६ वटा र अन्तर्राष्ट्रिय उडान गर्न युरोपेली जहाज निर्माता कम्पनी एयरबसबाट दुई जहाज खरिद गर्न लागेको छ । चीनसँग भने चारवटा खरिद गरेपछि दुईवटा अनुदानमा पाइन लागेको हो । यी जहाजमात्र नभई हाल सञ्चालनमा रहेका अमेरिकी जहाज निर्माता कम्पनी बोइङका दुई जहाज र साना दुई टि्वनअटर जहाज पनि छन् । यी सबैलाई चुस्त दुरुस्त सञ्चालन गर्न करिब १ हजारको हाराहारीमा नयाँ कर्मचारी थप्न लागेको निगम व्यवस्थापनको भनाई छ । एक दर्जन भन्दा बढी जहाज सञ्चालन गर्न लागेकोले कर्मचारीको संख्या बढाउनुपरेको निगमका एक अधिकारीले बताएको नागरिक दैनिकमा खबर छ । अहिले निगममा १ हजार ८ सय ७८ कर्मचारीको दरबन्दी रहेको छ । त्यसमध्ये १ हजार ४ सयजति काम गरिरहेका छन् । यिनमा करार कर्मचारी पनि पर्दछन् । अब १ हजार नयाँ थपेर २ हजार ४ सय जति पुर्‍याउने निगमको तयारी छ ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More