७ माघ, काठमाडौं । दिल्ली पुलिसका चार अधिकारीविरुद्ध कारवाहीको माग गर्दै धर्नामा बसेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल रातभर सडकमै बसेका छन् । सोमबार गृह मन्त्रालय बाहिर धर्ना दिने गएका उनलाई प्रहरीले रोकेपछि दिल्लीका मुख्यमन्त्री केजरीवाल रेल भवन अगाडि धर्नामा बसेका हुन् ।मंगलबार विहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गृहमन्त्री सुशीलकुमार शिन्देलाई चैनका साथ सुत्न नदिन बताएका छन् । उनले भनेका छन्-’दिल्लीमा आमा र छोरी सुरक्षित छैनन् । पुलिस अपराधीसँग मिलेका छन् । यो सोच्न जरुरी छ कि यो व्यवस्थालाई के भएको छ । किन एक मुख्यमन्त्री सडकममा यसरी धर्नामा बस्नु परेको छ ?’देशको राजनीति परिर्वतन भएको भन्दै उनले भने, कांग्रेस, बीजेपी र मिडियाले सम्भिएहुन्छ कि अब राजनीति यस्तै हुन्छ । जसलाई तपाईहरु नौटंकी भन्नु रहनु भएको छ, यही असली जनतन्त्र हो ।’यद्यपि यो विषय दिल्ली सरकारका मन्त्री सोमनाथ भारती र राखी बिडलासाग प्रहरीको विवादसँग जोडिएको छ । भारतीले अघिल्लो साता दक्षिण दिल्लीको एक घरमा वेश्वावृत्ति र लागू औषधको कारवाही भइरहेको भन्दै छापा मार्न दिल्ली प्रहरीलाई भनेका थिए । तर, प्रहरीले रातको समयमा महिलाको घरमा छापा नमार्ने भन्दै अस्वीकार गरेको आपका नेता भारतीले बताएका छन् । पछि उक्त घरमा बस्ने महिला र अफ्रिकी मुलका उनका साथीहरुमाथि मन्त्रीका साथ र महिलामाथि दुव्र्यवहार गरेको आरोप लगाइएको छ । भारतीले भने आरोप अस्वीकार गरेकी छिन् ।



