BICITRA KHABAR

BICITRA KHABAR

तलब र भत्ता खाना सभासदहरू यसरी चिर्दैछन संविधानसभा (फोटोफिचर सहित)

७ माघ, काठमाण्डौ । दोस्रो संविधानसभाको सपथ ग्रहणका लागि नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा सभासदको भीडभाड बढेको छ । मंगलबार संविधानसभाको भवनमा सपथ ग्रहण कार्यक्रम निश्चित गरिएपछि सभासदहरु विभिन्न भेषभुषामा संविधानसभामा प्रवेश गरेका छन् ।

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना सभासदलाई दौरासुरुवालमा आउन उर्दी गरेको छ भने कतिपय मधेसी सभासद धोती लगाएर त विभिन्न जातजातिहरु आ-आफ्नो भेषभुषामा सजिएर संविधानसभामा प्रवेश गरेका छन् । ३५ सभासदले विभिन्न १० वटा मातृभाषामा सपथ लिने संसद सचिवालयले जनाएको छ ।दास्रो संविधानसभाका सदस्यहरुलाई जेष्ठ सभासदको हैसियतमा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा सपथ खुवाउने कार्यक्रम छ । थापाले सोमबारै राष्ट्रपति डा रामवरण यादववाट शपथ लिएर संसद सचिवालमा पुगी आफ्नो कार्यभार सम्हालिसकेका छन् ।

संविधानसभामा प्रवेशका लागि सभासदलाई संसद सचिवालयले परिचयपत्रको व्यवस्था गरेको छ । परिचयपत्र नलिनेहरुका लागि निर्वाचन आयोगले दिएको प्रमाणपत्र र नागरिकताको प्रपितलिपि देखाएर संविधानसभामा छिर्ने व्यवस्था मिलाइएको छ ।मंगलवार दुई स्वतन्त्र सभासद्सहित ३० राजनीतिक दलका ५ सय ७५ सदस्यले शपथ लिँदै छन् । प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत २४० निर्वाचन क्षेत्रबाट चुनिएका र समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत चयन भएका ३३५ सदस्यले बुधवार बस्ने बैठकमा सहभागीता जनाउने छन् ।

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More