बलिउड नायक संजय दत्त अझै १ महिना जेल बाहिर नै रहने भएका छन् । पत्नी मान्यताको स्वास्थ्य अवस्था बिगि्रएपछि संजय १ महिना अघि जेल बाहिर आएका थिए । उनी यरवदा जेलमा सजाँय काटिरहेका छन् ।पुणेका डिविजनल कमिश्नर प्रभाकर देशमुखले संजयको आग्रहलाई स्विकार गर्दै १ महिना अझै बाहिर रहन स्विकृती दिएका हुन् । संजयले पत्नी मान्यताको स्वास्थ्य अवस्थामा अझै सुधार नआएको भन्दै १ महिनाको ‘पेरोल’ बढाइदिन आग्रह गरेका थिए । ४ महिनाको अन्तरालमा संजय दत्तलाई २ पटकसम्म ‘पेरोल’ दिइएको छ । यस्तै उनलाई १ पटक छुट्टी पनि दिइएको थियो ।संजय दत्तलाई पत्नी मान्यता बिरामी भएपछि १ महिना अघि जेल बाहिर जान अनुमती दिइएको थियो । उनलाई १ महिनाको लागि दिइएको ‘पेरोल’ जनवरी २१ मा सकिदैछ । संजयलाई यस्तो सुविधा दिएपछि जेल प्रशासनको कार्य माथि औला उठ्न थालेको छ ।



