BICITRA KHABAR

BICITRA KHABAR

प्रचण्डलाई घरबाटै सुध्रन आग्रह गर्दै रेखाले भनिन्, ‘म माओवादी होइन’ -(फोटोफिजर सहित)

चर्चाकै लागि मात्र नायिका रेखा थापाले यस्तो अभिव्यक्ति दिएकी हुन् भने नेपालीले उनको विश्लेषण आफ्नै तरिकाले गर्नेछन् । तर नायिका रेखा थापाले आफू माओवादी नभएको भन्दै यति कसैले आफूलाई माओवादी भनेको खण्डमा आपत्ती रहने जनाएकी छिन् ।शुक्रबार साप्ताहिकमा विभिन्न बिषयमा तर्क राख्दै रेखाले आफूलाई ‘रेखा थापा पार्टीको मान्छु हुँ’ भनेकी छिन् । उनले आफूलाई कांग्रेस, एमाले, माओवादी सबै दलको आफन्त भनेकी छिन् । संविधान सभाको निर्वाचन आउँन केही महिना बाँकी रहदा एमाओवादीका अध्यक्ष प्रचण्डको हातबाट टिका लगाउँदै रेखाले आफूलाई माओवादी घोषणा गरेकी थिइन् । तर एमाओवादीले निर्वाचनमा हार व्यहोरेपछि रेखाले व्यवहार परिवर्तन गरेको देखिन्छ । उनले आफू नितान्त कलाकार र समाजसेवी रेखा थापा भएको जनाएकी छिन् । आफूले पार्टीको सदस्यता नलिएको र पार्टीको कुनै पनि

संगठनमा नभएको भन्दै माओवादी नभएको जनाएकी हुन् । एमाओवादीका अध्यक्ष प्रचण्डलाई नदेख्दा पत्रिकामा उनको स्केच मात्र देखेको बताउँदै एउटा शक्तिलाई हल्लाइरहेको त्यो स्केचले आफ्नो ध्यान तानेको उनले जनाएकी छिन् । कुनै समय एमाओवादीका नेताको गुनगान गाएर नथाक्ने रेखाले चारैतिर आठपहरिया राखेर चिल्ला गाडी चढ्ने माओवादीका नेताहरुमा ‘साम्यवाद’ नभएको बताएकी छिन् । उनले माओवादी नेताहरु बास्तविक माओवादी नभएको भन्दै आफू भित्र पहिले देखि नै माओवाद रहेको तर्क गरेकी छिन् । प्रचण्डलाई घर भित्रबाटै सुध्रन सुझाव दिदै रेखाले आफ्नै छोरा बुहारीलाई सुधार्न भनेकी छिन् । उनले आफ्नो जीवनसाथी हुन चाहनेलाई योजना लिएर आउन आग्रह गरेकी छिन् । जीवनमा लभै पर्दैन भन्ने रेखाले ४ वटा छोराछोरी आफ्नो भैसकेकाले अब कतिवटा बनाउने भन्ने योजना लिएर आउन आग्रह गरेकी हुन् । -प्रचण्डलाई घरबाटै सुध्रन आग्रह गर्दै रेखाले भनिन्, ‘म माओवादी होइन’

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More